काठमाडौ, फागुुन २८
अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका निम्ती सहयोग गरेका छन् । धेरैथरि रोगबाट ग्रस्त कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको १ लाख २६ हजार ९ सय ८५ रुपैयाँ आज बुधवार बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो ।
माडी गाउँपालिका ६ रोल्पा (साविक कोर्चावाङ) निवासी कर्णबहादुर बाँठामगर (४७) विगत ५ महिनादेखि टिचिङ हस्पिटल महाराजगञ्जमा मृगौला, पत्थरी, जण्डिस रोगको उपचार गराईरहेका छन् ।
पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिए । साथै कर्णबहादुरको परिवारले घरको आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
अमेरिकामा बस्दै आएका नेपालीहरु भूबन आले ४५१, मानबहादुर र बिरपति बाँठामगर ४५१, जीवराज बुढारयाशिका बाठामगर ४५१, मणी थापा ४ १०१, लक्ष्मी पुन ४२५, गंगा सिंजाली ४४९, रबिन थापा मगर ४ ४१, सबिता थापा ४ ३०, रिम थापा ४ ३०, सरु गाहा ४ ३०, यम थापा ४ २५ सहयोग गर्नुभएको थियो ।
त्यस्तै रबिन मगर ४ ५१, करन थापा ४ ४१, सुमन पाठक ४१५, खेम निरौला ४२५, प्रविन कवर ४ २७, दिपक थापा ४५१, देवि थापा ४ ३०, कमल मगर ४४१, लिला लामीछाने ४ २५, यज्ञ राना ४ ५०, कमला थापा ४ ५०, दिपक कार्की ४ २०, तेजेन्द्र थापा ४ २५, नारायण के सी ४ २५, निग्मा शेर्पा ४ ५०, नगेन्द्र लिम्बु ४ २५, दिपक छेत्री ४ २५ र जानकी थापा ४ ५० गरी जम्मा ४१,११० (डलर) सहयोग गरेका हुन् । संकलित उक्त रकम पत्रकार देविका घर्ती मगरमार्फत बिरामी कर्णबहादुरलाई काठमाडौंमा भेटेर हस्तान्तरण गरिएको हो ।