neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा “एम्.डी.आर.टी ” कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा “एम्.डी.आर.टी ” कार्यक्रम सम्पन्न

Mar 11th, 2020

काठमाडौ, फागुुन २८

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा “एम्.डी.आर.टी कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ४०० भन्दा बडी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले “एम्.डी.आर.टी” के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरुको बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरुलाइ प्रेरित गराएका थिए । यसका साथै उनले “एम्.डी.आर.टी” को लागि योग्य हुनआवश्यक कुराहरुमा जोड दिए । सोहि कार्यक्रममा “एम्.डी.आर.टी”मा सहभागी हुन आवश्यक मापदण्ड पुगेकासफल सिटिजन लिडरहरुलाई तथा “एम्.डी.आर.टी” को लक्ष्य लिनुभएका सिटिजन लिडरहरुलाई सम्मान पनि गरिएको थियो ।

समापनको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउदै “एम्.डी.आर.टी” जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताउनु भयो । उहाँले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरे ।