neapl investment mega bank

सभापति देउवाद्वारा दुःख व्यक्त

Mar 10th, 2020

काठमाडौँ, २७ फागुन (रासस)

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका चितवन रत्ननगरकार्यसमितिका पूर्वसभापति सम्मरबहादुर मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज एक शोेक विज्ञप्तिमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । पूर्वनगरसभापति मल्लको गए राति काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा ५६ वर्षको उमरेमा निधन भएको हो । मल्ल मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्व मल्लले काँग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैगरी सभापति देउवाले विसं २०१८ मा तनहुँको कोत्रेमा शहीद हुनुभएका लालध्वज गुरुङकी धर्मपत्नी अमृता गुरुङको निधनप्रति पनि दुःख व्यक्त गर्नुभएको छ । अमृता गुरुङको आज भरतपुर महानगरपालिका–१९ स्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।