neapl investment mega bank
  • गृहपृष्ठ
  • कोटेश्वर, कलंकी सडक खण्डमा पनि लेन प्रयोगको नयाँ नियम

कोटेश्वर, कलंकी सडक खण्डमा पनि लेन प्रयोगको नयाँ नियम

Mar 10th, 2020

काठमाडौ, फागुुन २७

उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले लेन प्रयोगको नयाँ नियम कोटेश्वर(कलंकी ८ लेन सडक खण्डमायात्रुवाहक तथा मालवाहक रकम गतिमा गुड्ने सवारी साधनहरूबायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने मुख्य (दुर्त)लेनबाट मात्र चलाउने व्यवस्था चैत्र २ गतेदेखि लागू गरिने भएको छ ।

पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो –“यो सडक व्यबस्थित र सुबिधायुक्त छ, यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्रा्ष्ट्रिय अभ्यास समेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएकोछ ।”

उक्त सडक खण्डलाई व्यबस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुदाँयसको प्रभाबकारी कार्यान्वयन गर्नका लागी सम्बन्धित सरोकारवाला निकायरसंघ संस्था, यातायात सञ्चालकरव्यवसायीहरू,नागरिक समाज आदिसँग छलफल गरेको छ । यस नियम कार्यान्वयनको लागिट्राफिक प्रहरीलाई सहयोग पुग्ने गरि अनुगमनको लागि सम्बन्धित सम्पूर्णबाट प्रतिनिधित्व हुने गरि समितिसमेत गठन गरिएको छ ।

मासिक ८५ को हाराहारीमा सवारी दुर्घटना

देशकै पहिलो १० कि.मी. लम्बाई भएको ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ् रहेको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिबर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धा्रित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ ।

यस नियम यस अघि नै महाशाखाले जडिवुटी(सुर्य्विनायक सडक खण्डमा पूर्ण रूपमा कार्यान्वयन गरिसकेको छ ।