neapl investment mega bank

नियन्त्रित लागूऔषध सहित पक्राउ

Mar 10th, 2020

बारा, २७ फागुन

जितपुर सिमरा उपमहानगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय एम्पुल, नुर्फिन ३ सय एम्पुल र फेनरागन ३ सय एम्पुल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बीरगंज महानगरपालिका-१५ बस्ने ३० वर्षीय जितेन्द्र कुमार सिंह र भारत विहार बस्ने २२ वर्षीय नासिर आलम रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले ना.६२ प ६२६७ नम्बरको मोटरसाइकलमा सवार जितेन्द्र र साइकलमा सवार नासिरलाई जाँच गर्ने क्रममा उनीहरूले बिक्री गर्ने उद्देश्यले लिई आएको उक्त नियन्त्रित लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।