neapl investment mega bank

आगलागीबाट धनमाल जलेर नष्ट

Mar 10th, 2020

पर्सा, २७ फागुन

बीरगंज महानगरपालिका-२१ परवानिपुरस्थित सनराईज कन्टेनर फ्याक्ट्रिको कस्मेटिक सामान बनाउने कच्चापदार्थ राख्ने गोदाममा सोमबार साँझ करेन्ट सर्ट भई आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।