neapl investment mega bank

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Mar 10th, 2020

काठमाडौं, २७ फागुन

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-२ स्थित सडकमा को.१२ प ४२० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० बर्षीय झबर मेहताको सोमाबर बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरी, ईनरूवा नगरपालिका-६ घोपाली टोलस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूषको सोमाबर मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ खारास्थित सडकमा लु.४ त ४३२४ नम्बरको ट्याक्टर सोमबार बेलुका दुर्घटना हुँदा सोही ठाउँ बस्ने १२ वर्षीय ध्रुब बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । ध्रुव र सोही ठाउँ बस्ने ११ वर्षीय महेश बुढाले रोकिराखेको उक्त ट्याक्टरको गेयर चलाउँदा ट्याक्टर अचानक अगाडि बढ्न गई दुर्घटना भएको हो ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।