neapl investment mega bank

हत्या गरेको अभियोगमा पक्राउ

Mar 10th, 2020

काठमाडौं, २७ फागुन

मोरङ, आफ्नै ७० वर्षीया श्रीमती सगुत्री रिसिदेवको हत्या गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१२ मलङवा बस्ने ७२ वर्षीय परण रिसिदेवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । परणले घरायसी बिवादको कारण सगुत्रीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले परणलाई पक्राउ गरेको हो ।

कपिलवस्तु, आफ्नै बाबु चन्द्र बहादुर जिसीको हत्या गरेको अभियोगमा शिबराज नगरपालिका-९ तुरुन्तपुर बस्ने ३२ वर्षीय बसन्त जिसिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । बसन्तले घरायसी बिवादका कारण ईट्टाले प्रहार गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका चन्द्रदेवको संजिवनि अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले बसन्तलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।