neapl investment mega bank
  • गृहपृष्ठ
  • ब्याज घटाउने बैंक बढे, निक्षेपको ब्याज घट्दा बचतकर्ता मारमा

ब्याज घटाउने बैंक बढे, निक्षेपको ब्याज घट्दा बचतकर्ता मारमा

Mar 10th, 2020

काठमाडौं, फागुन २७

पछिल्लो समय यसरी ब्याज घटाउने बैंकहरुको संख्या ह्वात्तै बढेको छ ।

सुरुवातमा स्टायण्डर्ड चार्टड बैंकबाट सुरु भएको यस्तो ब्याजदर नबिल , नेपाल इन्भेष्टमेन्ट हिमालय र प्रभु बैंक लगायत केहि बैंकले ब्याजदर घटाएका हुन् ।

गत बुधबार मात्रै प्रंभु बैंकले बचतको ब्याज दर एक प्रतिशत विन्दुले घटाएर साढे ५ प्रतिशत कायम गरेको छ । यसअघि प्रंभुले अधिकतम ब्याज साढे ६ प्रतिशत दिएको थियो ।

नेपाल एसबीआइ बैंकले ५ प्रतिशतमा झारेको छ। नबिलले ५.७५ प्रतिशतबाट ५.२५ प्रतिशतमा झारेको छ। एभरेष्ट बैंकले पनि साढे ५ प्रतिशतमा बचतको ब्याज झारेको छ। सनराइज बैंकले पनि ब्याज ६ प्रतिशतमा झारेको छ।

ब्याज घटाउने बारे बैंकर्स संघका औपचारिक कुराकानी भने भएको छैन। तर बैंकरबीच अनौपचारिक कुराकानीमा मुद्दतिको नसके पनि बचतको ब्याज घटाउनुपर्ने छलफल सुरू भएको छ। अहिले नेपाल इन्भेष्टमेन्ट बैंकले बचतको ब्याज साढे पाँच प्रतिशतमा झारेको छ। हिमलयन र चार्टर्डले ५ प्रतिशतमा झारिसकेका छन्।

कुल निक्षेपमा बचत खाताको हिस्सा ३१.९ प्रतिशत छ। तीन वर्षअघि ४३ प्रतिशत बचतको हिस्सा थियो। बैंकहरुले ब्याज बढाउन थालेपछि बचतको पैसा मुद्दति खातामा सर्न थालेको हो। यसले गर्दा साढे ३० प्रतिशत हिस्सा रहेको मुद्दतिको अहिले ४९ प्रतिशत पुगिसकेको छ। बैंकहरूले मुद्दतिमा ९.७५ प्रतिशतसम्म ब्याज दिन्छन्।

बचतको ब्याज घट्दा संस्थागत निक्षेपकर्ताले पाउने कल डिपोजिटको ब्याज पनि कम हुन्छ। यसले गर्दा बैंकहरुको आधार दर घटेर ऋणको ब्याज पनि सस्तो हुन जान्छ।