neapl investment mega bank
  • गृहपृष्ठ
  • नक्कली सरकारी कागजात बनाउने कार्यमा संलग्न पक्राउ

नक्कली सरकारी कागजात बनाउने कार्यमा संलग्न पक्राउ

Mar 9th, 2020

पर्सा, २६ फागुन

नक्कली नेपाली नागरिकता, जन्मरमृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्न बहुदरमाई नगरपालिका-७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका-१६ नगवा फुलवारीटोलबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फारमहरु, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाईसराई, जन्म प्रमाणित लगायत नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न कागजातहरु समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।