वाशिङ्टन, २६ फागुन, (रासस/एएफपी)
कोरोनाभाइरसको महामारीको बीचमा एक सुरक्षात्मक कदमको रूपमा दैनिक बजारमा नगदको प्रवाहलाई ५० अर्बबाट १५० अर्ब अमेरिकी डलर बनाउने अमेरिकी फेडरल रिजर्व बैंकको न्यूयोर्क शाखाले सोमबार घोषणा गरेको छ ।
न्यु योर्क फेडले एक विज्ञप्तिमा भनेको छ, “कोरोनाभाइरस समस्याका कारण विश्व अर्थतन्त्र प्रभावित बनिरहेको अवस्थामा अमेरिकी केन्द्रीय बैंकले व्यवसायिक लचिलोपन योजनालाई कार्यान्वयनमा ल्याउन लागेको छ ।”
यस कदमले दैनिक खरिद सम्झौतालाई बढाउँछ । बैंकले दुई साताका लागि ९० अर्ब अमेरिकी डलर यहाँको बजारमा प्रवाह गर्ने पुनः खरिद सम्झौतालाई गरेको हो ।