neapl investment mega bank
  • गृहपृष्ठ
  • मुख्यमन्त्री पौडेलद्वारा फागुको शुभकामना

मुख्यमन्त्री पौडेलद्वारा फागुको शुभकामना

Mar 9th, 2020

हेटौँडा, २६ फागुन (रासस)

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

यहाँ आज शुभकामना सन्देश जारी गर्दै उहाँले पर्वले समाजमा भाइचारा र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सत्य, न्याय र निष्ठाका पक्षमा लागिरहन प्रेरित गरेको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले सन्देशमा परिवारबीचमा खुशी साटासाट गरेर पर्व मनाउन अनुरोध गर्नुभएको छ ।