neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने व्यक्ति पक्राउ

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने व्यक्ति पक्राउ

Mar 9th, 2020

काठमाडौं, फागुुन २६

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् । कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीवाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।

उक्त कार चालक श्रेष्ठलेमादक पदार्थ सेवन गरी सवारी चलाएका थिए । उनले कलंकी चोकमा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद पाँच हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतवार राति ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।