neapl investment mega bank
  • गृहपृष्ठ
  • माल्टा र कुवेत पठाउछु भन्दै करौडौ ठगी आरोप भएका व्यक्ति पक्राउ

माल्टा र कुवेत पठाउछु भन्दै करौडौ ठगी आरोप भएका व्यक्ति पक्राउ

Mar 8th, 2020

काठमाडौ, फागुुन २५

माल्टा र कुवेत पठाउछु भन्दै करौडौ ठगी गरेको आरोपमा बावुराम श्रेष्ठ पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार विभिन्न वयक्तिहरुलाई अफ्रिकन देश माल्टा तथा कुवेत पठाउछु भनि दुुई करोड ५० लाख भन्दा वढी ठगी गरेको आरोपमा जिल्ला अर्गाखाची छत्रदेव गा.पा ७ भगवति घर भई हाल जिल्ला काठमाडौ सुन्धारा वस्ने वर्ष ३८ का श्रेष्ठलाई विशेष सुचनाको आधारमा यही फागुुन २३ गते नेपालगंजवाट पक्राउ गरी काठमाडौमा ल्याईएको हो ।

प्रहरीका अनुसार श्रेष्ठले काठमाडौ स्थित सिटिसी महलमा ग्लोरियस वेलनेस स्पा प्रालि नामको अफिस संचालन गरी २६ जना व्यक्तिहरुलाई माल्टा पठाउछु भनि प्रति व्यक्ति १० लाख लाग्छ र प्रति महिना १२ सय युरो कमाई हुन्छ भनि प्रलोभन देखाई २६ जना व्यक्तिसंग ६ र ६ लाख रुपैयाँ उठाएका थिए । ३४ जना व्यक्तिहरुलाई कुवेत पठाउछु भनि प्रति व्यक्ति ६ लाख लाग्छ र प्रति महिना २२ सय दिराम कमाई हुन्छ भनि प्रलोभन देखाई ३४ जना व्यक्तिसंग ३ र ३ लाख उठाएका थिए ।

रकम उठाई सके पश्चात निज व्यक्ति सम्पर्कमा नआई पिडितहरुलाई आज भोली काम हुन्छ भन्दै लुकिछिपी हिडिरहेको भन्ने पिडितहरुको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौ परे पश्चात सम्मानित अदालतवाट पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिएको र निजको अफिस खान तलासी गर्दा विदेश पठाउन प्रयोग गरिने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिहरुको राहदानी समेत नियन्त्रण लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । निजबाट अन्य कोही ठगिएको भएमा महानगरीय प्रहरी परिसर मा समन्वय गर्न हुन अनुरोध गरिएको परिसरले जानकारी दिएको छ ।