neapl investment mega bank
  • गृहपृष्ठ
  • थली, सलम्बुटालगायत सडकमा विस्तार अघि बढेन

थली, सलम्बुटालगायत सडकमा विस्तार अघि बढेन

Mar 8th, 2020

काठमाडौँ, २५ फागुन (रासस)

विस्तारका क्रममा रहेको चावहिल–साँखु सडकमा थली, सलम्बुटालगायतका स्थानमा विस्तार अघि बढ्न सकिरहेको छैन । स्थानीयवासीको अवरोध भएका स्थानमा निर्माण अघि बढ्न नसकेको हो । सडकको चौडाइ बढाइएका क्षेत्रमा सडक निर्माण अघि बढे पनि विस्तार हुन नसकेका स्थानका सडकमा काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सो सडकमा अहिले ठाउँठाउँमा गरी झण्डै दुई किमी सडकमा निर्माण शुरु हुन नसकेको आयोजनामा कार्यरत इञ्जिनीयर लक्ष्मण देवकोटाले बताउनुभयो । उहाँका अनुसार सङ्गठीत रुपमा जग्गा र घर हटाउन नमानेका स्थानमा अहिले कालोपत्र गर्न बाँकी छ । त्यहाँ सडकका अरु पूर्वाधार निर्माण समेत हुन सकिरहेका छैनन् । उहाँले भन्नुभयो, “अरु स्थानमा निर्माण सकिँदासम्म यहाँ के गर्ने भनी निर्णय हुनसक्छ ।”

उपत्यकाका अरु १० स्थानमा जस्तै विसं २०७२ मा सो सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म सडकसँगै घरजग्गा भएका स्थानीयवासीले सडक निर्माणका लागि जग्गा दिन नमानेपछि सडक अवरुद्ध भएको थियो । सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले उपलब्ध चौडाइमै काम गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार सडक निर्माण गर्दा झण्डै आधामा मापदण्डानुसार ९२२ मिटर चौडाइ० कायम हुने र आधामा हुन नसक्ने देखिएको छ । कतिपय स्थानमा मापदण्डभन्दा कम चौडाइमा पनि कालोपत्र भइरहेको छ । चौडाइ सातआठ मिटर मात्रै उपलब्ध हुने स्थानमा भने निर्माण अघि बढ्न सकिरहेको छैन । यहाँका जनप्रतिनिधिले स्थानीयवासीसँग पटक–पटक समन्वय गर्दै सडकको चौडाइ बढाउन पहल गरिरहेका छन् ।