neapl investment mega bank
  • गृहपृष्ठ
  • सेञ्चुरीको समुदायसँग बैंक सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

सेञ्चुरीको समुदायसँग बैंक सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

Mar 8th, 2020

काठमाडौ, फागुुन २५

सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालय बनेपामा बैंकले स्थानीय शेयरधनी, जनप्रतिनिधी, सहकारीकर्मी उद्योगी, ब्यवसायी लगायत सेवाग्राहीहरुको लागि समुदायमा बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

कार्यक्रम बनेपानगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा होटल सत्यम बनेपामा सम्पन्न भएको थियो । कार्यक्रममा सेञ्चुरी बैंकले हालैमात्र संचालनमा ल्याएको वीमाको सुविधा सहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जा सम्बन्धि जानकारी शाखा प्रबन्धक सुकेश शाक्यले गराएका थिए । सेञ्चुरी प्लस खातामा वीमा सुविधा सम्बन्धि जानकारी आईएमई जनरल ईन्स्योरेन्स बनेपाका मार्केटिङ ट्रेनी साजन सुवालले गराएका थिए ।

साथै बैंकको लगानीमा संचालनमा रहेको शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका लगानी ब्यवस्थापन अधिकृत सुमन गौतमले शेयर लगानी सम्बन्धि सचेतना र पोर्टफोलियो ब्यवस्थापनको सम्बन्धमा जानकारी गराएका थिए । बचत तथा कर्जा सुविधा सम्बन्धि ग्राहकहरुको जिज्ञासाको समाधान बैंकका बाग्मती प्रदेश प्रमुख अमित बज्राचार्य र सहुलियत कर्जा सम्बन्धी जिज्ञासाको समाधान बैंकका कृषि तथा विपन्नवर्ग कर्जा विभागका नियम श्रेष्ठले गरेका थिए ।