neapl investment mega bank
  • गृहपृष्ठ
  • विकासको मूल फुट्न थाल्यो : मुख्यमन्त्री गुरुङ

विकासको मूल फुट्न थाल्यो : मुख्यमन्त्री गुरुङ

Mar 8th, 2020

लमजुङ, २५ फागुन (रासस)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विगतमा विकासबाट मुलुक पछाडि परे पनि अहिले विकासको मूल फुट्न थालेको बताउनुभएको छ ।

बेँसीशहर नगरपालिका–७ स्थित यहाँका गुरुङ समुदायको मनाङे चौतारा तमु समाजको नवनिर्मत दुईतले भवनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “वर्तमान सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को महान अभियान लिएर विकासका मूल फुटाउन थालेको छ ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले पनि स्वास्थ्य, शिक्षा, खानेपानी, सडकलगायतका क्षेत्रमा लगानी गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य जमिन्द्रमान घले, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, क्व्होलासोथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेलगायतले यस्ता भवन निर्माणले समाजमा हुने भोजभतेर, सभालगायतका कार्यक्रम गर्नलाई सहज पु¥याउने बताएका थिए । पक्की दुईतले समाजको भवनले निर्माणअघि ट्रष्ट हालेर यस समाजको विभिन्न कार्यक्रम गर्दै आए पनि असहज भएको र यस सुविधासम्पन्न भवनले आगामी दिनमा विभिन्न कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम गर्दा सहज हुने मनाङे चौतारा आमा समूहका अध्यक्ष विमला गुरुङले बताउनुभयो ।

रु ८१ लाख पाँच हजार ५३५ को लगानीमा करिब एक रोपनी क्षेत्रफलमा सो दुईतले पक्की भवन निर्माण भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष ढङ्कबहादुर गुरुङले बताउनुभयो ।