neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

Mar 7th, 2020

धादिङ २४ फागुन

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा निलकण्ठ नगरपालिका-१४ पात्ले बस्ने ४५ बर्षीय लुरे नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ५५ बर्षीया कान्छी नेपालीलाई कुटपिट गर्दा घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी धुवाँकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।