neapl investment mega bank

नियन्त्रित लागूऔषध सहित पक्राउ

Mar 7th, 2020

कपिलबस्तु, २४ फागुन

कृष्णनगर नगरपालिका-२ पिपलबोटबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ५५ ट्याबलेट र ट्रामाडोल ३ सय ट्याबलेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने २२ बर्षीय आशिष केसी र रोल्पा लिवाङ घर बताउने १८ बर्षीय बिमल डाँगी रहेका छन् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।