neapl investment mega bank
  • गृहपृष्ठ
  • परिसंघका पदाधिकारी र मेक्सीकोका राजदूतबीच भेटवार्ता

परिसंघका पदाधिकारी र मेक्सीकोका राजदूतबीच भेटवार्ता

Mar 7th, 2020

काठमाडौ, फागुन २४

नेपालका लागि मेक्सीकोका राजदूत महामहिम फेडेरिको सलस र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच शुुक्रबार परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । उनी भारतका लागि आवासीय राजदूत समेत रहेकाछन ।

प्रारम्भमा महामहिम फेडेरिको सलसको स्वागत गर्दे परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल मेक्सीको बीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताए । साथै नेपाल र मेक्सीकोबीच सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको उल्लेख गर्दे उनले उत्पादनमुलक क्षेत्र, पूर्वाधार, कृषितथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको तर्फ अध्यक्षले राजदूतको ध्यानाकर्षण गराए ।

सो अवसरमा राजदूत फेडेरिको सलसले मेक्सीको र नेपालको आर्थिक तथ ानिजी क्षेत्रको विकासका लागि दुबै देशले आपसी सहयोगको सम्भावना खोज्नु पर्ने बताए । नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न नेपालमा मेक्सीकोको लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताए । लगानीको वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता पनि राजदूत सलसले उल्लेख गरे ।

सो अवसरमा परिसंघका पदाधिकारीहरुका साथै नेपालका लागि मेक्सीकोका अवैतनिक वाणिज्यदूत नरेश दूगड समेतको उपस्थिति रहेको थियो ।