neapl investment mega bank

नियन्त्रित लागूऔषध सहित पक्राउ

Mar 6th, 2020

कास्की, २३ फागुन

पोखरा महानगरपालिका-८ न्युरोड लालिगुराँस टोलबाट पर्वत फलेवास नगरपालिका-८ घर भएका २७ वर्षीय प्रबिन गुरुङलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ९३ ट्याब्लेट, बुप्रिनुर्फिन १ सय ३५ एम्पुल, डाईजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३५ एम्पुल, मोइबाल २ थान र नगद ३८ हजार ६ सय ८५ रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले गुरुङले चलाएको ना.१६ प १४३१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।