neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Mar 6th, 2020

भक्तपुर, २३ फागुन

चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने खोटाङ घर भई भक्तपुर दुवाकोट बस्ने २४ वर्षीय सुजन थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा दुवाकोटबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.४ ख ३४५१ नम्बरको बालुवा लोड भएको मिनीट्रक प्रहरीले जाँच गर्ने क्रममा मिति नभएको बिल फेला पारी कारबाही गर्न खोज्दा थापाले प्रहरीलाई उक्त नगद दिन खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।