neapl investment mega bank

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

Mar 5th, 2020

काठमाडौं, फागुुन २२

बारा जिल्लाको कलैया उपमहानगरपालिका १० पकडीघाटबाट फागुन २२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका २७ सिसुवा महेशपुर बस्ने ५० वर्षिया सुधा मिया राम छिन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला निजको साथबाट प्रोमेथाईन ४ सय वटा, नोफिन ४ सय वटा र डाईजीपाम ४ सय वटा बरामद गरेको छ ।

यसैगरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट फागुन २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा सोही जिल्लाको सखुवानान्कारकट्टि गाउँपालिका ७ बस्ने दिपेशकुमार यादव छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट इनरुवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ३ वटा, डाईजेल्याव ३ वटा, फेनारागन ३ वटा र नोफिन ३ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।