neapl investment mega bank

नियन्त्रित लागूऔषध सहित पक्राउ

Mar 5th, 2020

सर्लाही, २२ फागुन

मलंगवा नगरपालिका-४ स्थित सडकबाट कोडैना गाउँपालिका-४ बस्ने २५ वर्षीय शसिभुषण पटेललाई नियन्त्रित लागूऔषध डाईजेल्याब १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनरागन १ सय एम्पुल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नं.२ ना ५ ख ४०७३ नम्बरको बस जाँच गर्दा बसमा सवार पटेललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।