neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Mar 4th, 2020

काठमाडौं, फागुन २१

कीर्तिपुर नगरपालिका २ ट्याङलाफाँट चाँदनीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ७.१८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय पुजन बास्कोटा र अछाम पञ्चदेवल घर भई कोटेश्वर बस्ने २५ वर्षीय ईन्द्र बहादुर धामी रहेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ फारलाईन बस्ने ५७ वर्षीय राम बहादुर बललाई अवैध लागूऔषध गाँजा १ किलो सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले बलको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।