काठमाडौ, फागुुन २१
एनएमबी बैंकले आफ्नो लोकप्रिय घर कर्जा मा परिष्कृत विविधताका साथ पाँच बर्ष सम्म स्थीर ब्याजदर सहितनयाँ योजना प्रस्तुत गरेको छ । उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याज दरको साथै कर्जाको अवधि अधिकतम २५ बर्ष रहेको छ ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दे ब्याजदरमा निरन्तर भएको उत्तारचढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएका छौं बंैकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।