काठमाडौं, फागुन १९
सिद्धार्थ बैंकमा चर्काे सेवा शुल्क भएपनि ग्राहकहरु त्यस्तो शुल्क तिर्न बाध्य भएका छन् । अन्य बैंकमा रहेका दर थाहा नभएका कारण पनि ग्राहकहरु सिद्धार्थ बैंकको चर्काे सेवा शुल्क तिर्न बाध्य भएका हुन् ।
बैंकको खाताबाट किस्ता वा मासिक रुपमा भुक्तान गर्नुपर्ने कम्पनीमा तिरिदिनु भनेर बैकबाट सुविधा लिने हो भने त्यसबापत ग्राहकहरुले ५ सय रुपैयाँ तिर्नु पर्छ । जबकी यही सेवा एनआइसि एसिया बैंकले दुई सय ५० रुपैयाँमा उपलब्ध गराउँछ ।
त्यसैगरि ,हराएको चेक सिभिल बैकले ५० रुपैयाँमा उपलब्ध गराउँछ । तर , सिद्धार्थमा यही सुविधा लिने हो भने ५ सय रुपैयाँ तिर्नुपर्छ । ताकि नेपाल राष्ट्र बैंकले चेक जारी गर्दा कुनै पनि शुल्क नलिनु भनेर सबै बैंकलाई निर्देशन दिएको छ । तर, अधिकांश बैंकहरुले राष्ट्र बैंकको यस्तो निर्देशन उल्लंघन गर्दै हराएको चेक इस्यु गर्दा भन्ने बहाना बनाएर शुल्क असुलि रहेका छन् । बैंकहरुको यस्तो असुलीमा राष्ट्र बैंक मुकदर्शक बनेको छ भने ग्राहकहरु संगठीत भएर बैंकहरुका बिरुद्ध बोल्न सकिरहेका छैनन् ।
सरकारी स्वामीत्वको नेपाल बैंक पनि सेवा शुल्क असुल्नमा पल्केको देखिन्छ । किनकी यसले पनि हराएको चेक जारी गर्दा ४ सय रुपैयाँ असुल्ने गरेको छ । मोबाइल बैंकिँग र इन्टरनेट बैंकिंङमा पनि बैंकहरुले जथाभावी शुल्क असुली रहेका छन् । मोबाइल बैकिङ सेवाका लागि बैंकले ग्राहकबाट बार्षिक १ सय देखि १ हजार रुपैयाँ सम्म लिने गरेको देखिन्छ ।
मोबाइल बैकिङमा एनआइसी एसीया बैंक अन्य बैंकको तुलनामा सस्तो देखिन्छ । किनकीएनआईसी एसिया बैंकले एक सय रुपैयाँमा उपलब्ध गराउने यस्तो सुविधा सानिमा र नेपाल बैंक २ सय ५० रुपैयाँ र बंगलादेश र प्रभु बैंकले ३ सय रुपैयाँ लिन्छन् । साथै खााता निशुल्क भनेर प्रचारबाजी गर्ने बैंकहरु एटीएम सुविधा उपलब्ध गराएवापत भने दुई सय पचास देखि २ हजार १ सय रुपैयाँसम्म लिन्छन् ।
यस्ता कैयन शुल्क असुल्दा पनि राष्ट्र बैंक भने मौन देखिन्छ । आखिर किन त ? कतै यस्तो असुलीमा राष्ट्र बैंककै मौन सहमति र सेवा शुल्क असुल्दै बैंकहरुलाई नाफा कमाउन दिने राष्ट्र बैंकको नै नियत होइन ? नत्र ग्राहक ठगिदा राष्ट्र बैंक किन मौन त ?