neapl investment mega bank
  • गृहपृष्ठ
  • अस्पताल भर्नाको तयारीमा प्रधानमन्त्री ओली

अस्पताल भर्नाको तयारीमा प्रधानमन्त्री ओली

Mar 1st, 2020

काठमाडौँ, १८ फागुन (रासस)

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ । यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदै हुनुहुन्छ । आज सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठक आज साँझ पनि सम्पन्न भएको थापाले बताउनुभयो ।