काठमाडौ, फागुुन १८
समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा काठमाण्डौ जिल्लाको बाङ्गेमुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ । आज एक कार्यक्रमकाबीच सिभिल बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्ग तथा काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले संयुक्तरुपमा सिभिल बैंक लिमिटेडको बाङ्गेमुढा शाखाको समुद्घाटन गरेका हुुन ।
सोहीअवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षा कोठा मर्मत संभार तथा सजावटको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरिएको बैंकले जानकारी दिएको छ । सो सहयोग रकम बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरिएको हो । बाङ्गेमुढा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा बैंकका अध्यक्ष ई. तामाङ्गले बैंक आर्थिक उन्नतिको सहयात्री भएको कुरा उल्लेख गर्दे यस क्षेत्रको समग्र आर्थिक विकासको लागि सिभिल बैंकले स्थानीय निकाय तथा यहॉका उद्यमी ब्यवसायीसंग सहकार्य गरि अगाडी बढ्ने बताए ।
त्यसै गरिकाठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले त्यस क्षेत्रमा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरि सो क्षेत्रको सामाजिक तथा आर्थिक उन्नतीमा टेवा पु¥याउने कुरामा विस्वस्त रहेको बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले त्यस क्षेत्रका वचतकर्ता तथा उद्दमी व्यवसायीहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्घता जनाए । उक्त शाखाको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना, नेपाल प्रहरी जनसेवा, बिशाल बजारका प्रहरी नायब उपरिक्षक सुनिलजंग शाह लगायत, जनसेवा टा«फिक प्रहरीका निरिक्षक गोविन्द राउत लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।
बैंकको हालसम्म चार लाख ३० हजार भन्दा बढी ग्राहकहरु रहेको करीव ५३ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व कर्जा लगानी गरेको बैंकको नेपालभर कुल शाखा संख्या एक सय ११ पुगेकोे पनि बैंकले जनाएको छ ।