neapl investment mega bank
  • गृहपृष्ठ
  • सेञ्चुरीको समुदायसँग बैंक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन

सेञ्चुरीको समुदायसँग बैंक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन

Mar 1st, 2020

काठमाडौ, फागुुन १८

सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालय धुलिखेलमा बैंकले आफ्ना स्थानीय शेयरधनी, जनप्रतिनिधी र बैंकिङ पहँुच बाहिर रहेका ग्राहकहरुका लागि समुदायमा बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

कार्यक्रम धुलिखेल स्थित चेयर्स लाउञ्ज बारमा धुलिखेल नगरपालिकका संस्थापक नगर प्रमुख, साविक अरनिको डेभलपमेण्ट बैंकका संस्थापक अध्यक्ष एवं होटल ब्यवसायी बेल प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा सेञ्चुरी बैंकले हालैमात्र संचालनमा ल्याएको वीमाको सुविधा सहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जा सम्बन्धि जानकारी शाखा प्रबन्धक दिपक ढुँगानाले गराउनु भएको थियो । साथै सेञ्चुरी प्लस खातामा वीमा सुविधा सम्बन्धि जानकारी आईएमई जनरल ईन्स्योरेन्स बनेपाका मार्केटिङ ट्रेनी साजन सुवालले गराउनु भएको थियो । साथै बैंकको लगानीमा संचालनमा रहेको शेयर रजिष्ट्रार सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका अधिकृत सरोजा फुयालले शेयर लगानी सम्बन्धि सचेतना र पोर्टफोलियो ब्यवस्थापनको सम्बन्धमा जानकारी गराउनु भएको थियो । बैंकको बचत सुविधा सम्बन्धि बरिष्ठ गायक रामहरि न्यौपानेले गीत मार्फत प्रस्तुत गर्न भएको थियो । बचत सुविधा सम्बन्धि ग्राहकहरुको जिज्ञासाको समाधान बैंकका प्रमुख बजार अधिकृत शेखरराज बस्ताकोटी र कर्जा सम्बन्धि ग्राहकहरुको जिज्ञासाको समाधान बैंकका कृषि तथा विपन्नवर्ग कर्जा विभागका प्रमुख प्रविण कुमार दाहालले गर्नु भएको थियो ।

कार्यक्रममा धुलिखेल अस्पतालका स्कुल अफ मेडिकल साईन्सका डिन डा. राजेन्द्र कोजु, जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका अधिकृत राजकुमार हुमागाई, धुलिखेल नगरपालिका लेखा अधिकृत डि.वि. बस्नेत, धुलिखेल नगरपालिकाका वडा अध्यक्षहरु, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजू , सहकारीकर्मि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख लगायत शेयरधनी र सेवाग्राहीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमको सभापतित्व बैंकका प्रमुख बजार व्यवस्थापक शेखरराज बस्ताकोटीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन धुलिखेल शाखाका बजार व्यवस्थापक हरिकृष्ण दाहालले गर्नुभएको थियो ।
बैंकले देशभर १ सय ३८ स्थानबाट बैकिङ सेवा र ८३ वटा एटिम मार्फत सेवा पु¥याउँदै आएको छ । काभ्रे जिल्लामा बैंकले सबै भन्दा बढि ७ वटा शाखा कार्यालय साँगा, नाल्दुम, नगरकोट, नाला, बनेपा, पनौती, धुलिखेल र दोलालघाटबाट ग्राहकबर्गमा अब्बल दर्जाको वित्तीय सेवा प्रदान गर्दै आएको छ ।