neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना भाइरसको संभावित प्रकोपलाई दृष्टिगत गर्दै सुरक्षात्मक उपायहरु अपनाउन चेम्वरको आग्रह

कोरोना भाइरसको संभावित प्रकोपलाई दृष्टिगत गर्दै सुरक्षात्मक उपायहरु अपनाउन चेम्वरको आग्रह

Mar 1st, 2020

काठमाडौ, फागुन १८

कोरोना भाइरसको सम्भावित प्रकोपको यस विषम परिस्थतिमा मास्क एवम अति आवश्यक वस्तुहरुलाई सहज एवम सुलभ तरिकालेविक्रि वितरण गर्न सम्बन्धित सबै सरोकारवालाहरुलाई चेम्बरले अनुरोध गर्दछ । चेम्बरले कोरोना भाइरस प्रकोपबाट बच्न अति आवश्यक पर्ने उपकरण सामाग्रीहरु जस्तै मास्क लगायतका सामग्रीहरुको आयातमा भन्सार तथा मुल्य अभिवृद्धि कर छुटको लागि समेत नेपाल सरकार समक्ष आग्रह गरेको हो ।

यसै सन्दर्भमा कोरोना भाइरसको प्रकोपबाट सृजित समस्याहरुलाई दृष्टिगत गर्दै फागुन १३ गते देखि आयोजना गर्ने भनिएको चेम्बर एक्स्पो हाललाई स्थगित गरिएको छ । चेम्बरले त्रिभुवन विमान स्थल तथा अन्य विभिन्न नाकाको आगमन कक्षमा प्रत्येक यात्रु को सघन स्वास्थ परिक्षण गनुपर्नेमा नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।

नेपाल चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न निजी क्षेत्रको तर्फबाट सहजीकरणका लागि चेम्बरका उपाध्यक्ष श्री दिपक कुमार मलहोत्रा संयोजकत्वमा कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरिएको छ । सो सम्बन्धमा आम नागरिकहरुका लागि आवश्यक जानकारी मुलक सचेतनाको लागि चेम्बर मा सपोटडेस्क अवगत गराउछौं ।

उक्त समितिमा चेम्बरका कार्य समिति सदस्यमा श्री मृगेन्द्र मेहर श्रेष्ठ, नवराज ढकाल, दिपक श्रेष्ठ, दीपक कुवर, देवेन्द्र भक्त श्रेष्ठ, सुरेन्द्र शारदा, संजय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा समावेश हुनु भएको छ । साथै यस प्रकोपबाट सुरसत्मक उपायहरु अवलम्बन गर्न समेत सबैपक्षसँग चेम्बरले अनुरोध गरेको छ ।