neapl investment mega bank

नेप्से ४० अंकले घट्यो

Mar 1st, 2020

काठमाडौ, फागुुन १८

आज आईतबार नेप्से ४० दसमलव ८२ अंकले घटेर १५ सय ९१ दसमलव ३६ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव चार अंकले घटेर तीन सय ४० दसमलव ६४ अंकमा पुुगेको छ । एक सय ८३ कम्पनीहरुको ३९ हजार दुुई सय ८९ वटा कारोवारमा एक करोड २१ लाख १७ हजार दुई सय १७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब ८४ करोड ७४ लाख ३७ हजार पाँच सय पाँच रुपैयाँ पुुगेको छ ।

नेप्सेमा १२ वटा समुहको कारोवार भएकोमा फाईनान्स समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २५ दसमलव २४ अंकले घटेर १४ सय १४ दसमलव ९१ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि ३८ दसमलव ३५ अंकले घटेर दुुई हजार २५ दसमलव ३६ अंकमा पुुगेको छ । यसैगरी जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा मितेरी डेभलपमेन्ट बैंक पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बोर्टलस नेपाल तराई लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनएमबी बैंक पहिलो स्थानमा परेको छ ।