neapl investment mega bank
  • गृहपृष्ठ
  • सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाइ सहयोग

सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाइ सहयोग

Mar 1st, 2020

काठमाडौ, फागुुन १८

सेञ्चुरी कमर्सियल बैंकको बेलचोक, नारायणगढ शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इच्छाकामना–६, चितवनस्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयका लिखोलामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको छ । विद्यालयको २६ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा बालबालिकाहरुको लागि विद्यालय पोशाक बंैकका हेटौंडा क्लस्टर प्रमुख शंकर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेश प्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देबी पाण्डेलाई हस्तान्तरण गरेका हुुन ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथाअन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।