neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Mar 1st, 2020

काठमाडौं, १८ फागुन

काभ्रे, पनौती नगरपालिका-६ पनौती बजारस्थित डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका-२ महिरा घर भएका ३२ वर्षीया शुभद्रा तिमिल्सिनालाई नियन्त्रित लागूऔषध नाइट्रोभेट २ सय ७९ ट्याब्लेट सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा लुकाइछिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-९ सिद्धार्थ मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु करिब ३ ग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीया रेखा कुमारी मगर र २७ वर्षीय साफुदिन आलम रहेका छन् । ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको   हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।