neapl investment mega bank
  • गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकद्धारा प्राणोदय आधारभूत विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा प्राणोदय आधारभूत विद्यालयलाई सहयोग

Feb 29th, 2020

भक्तपुर, फागुुन १७

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भक्तपुर, ठिमी स्थीत प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ । उक्त सामाग्रीहरु प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैक ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुुन । बैंकले यस सहयोगबाट विद्यार्थीको सिकाई प्रकियामा थप सहयोग पुग्ने अपेक्षा गरेको छ ।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहककाआवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमाआधारित रहीमोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डि म्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई बैंकका प्रमुख सुचनाअधिकारी तिलबहादुर गुरुङ्गले बताएकाछन ।