neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन्स बैंकद्वारा म्याग्दीको पौलस्त्य माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा म्याग्दीको पौलस्त्य माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

Feb 28th, 2020

काठमाडौं, फागुुन १६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका — ५ , भीरमुनि स्थित पौलस्त्य माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबिच उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ । विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिकरूपमा सबल बनाउन विभिन्न कामहरु गर्दै आएको छ । यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ । शुद्धखानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

लामो समयदेखि दिर्घकालीनरुपमा खानेपानीको व्यवस्थान हुदा शुद्ध पिउने पानी पिउनबाट बञ्चित रहेका विद्यार्थीहरु यस किसिमको सहयोगबाट शारिरिक र मानसिकरूपमा स्वस्थ भई पठनपाठनमा समेत सक्रिय रहने अवस्थाको सृजनाहुने कुरा बैंकले जनाएको छ । शुद्ध खानेपानीको पहुँचबाट निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार आउने कुरा बैंकले व्यक्त गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलितर दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी बैंकले दिएको छ ।

बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।
अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा बैंकको भिजा डेबिट व ाक्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिसत सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।