neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Feb 28th, 2020

काठमाडौं, १६ फागुन

काठमाडौं महानगरपालिका-१९ ईटुवहाल चोकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन नूफिन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल र फेनारगन ११ एम्पुल सहित सोही महानगरपालिका असन ठेगाना भएकी ४५ वर्षीया तारा शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातामाटेस्थित सडकमा नियन्त्रित लागूऔषध नाईट्रोभेट १४ एम्पुल, उईनरेक्स ८ एम्पुल र सिम्पलेक्स प्लस २४ एम्पुल सहित बारा जितपुर सिमरा उपमहानगरपालिका-१ हरिपुर बस्ने ४५ वर्षीय महमद आलम देवानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ५४२१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका-५ चैनपुरबाट अवैध लागूऔषध चरेश करिब ६ केजी सहित सोही ठाउँ बस्ने ५९ वर्षीया कमला पुनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।