neapl investment mega bank
  • गृहपृष्ठ
  • अर्थमन्त्री रहिरहने खबरले के असर गर्ला सेयरबजारमा , नयाँ लगानीकर्ताले के गर्ने ?

अर्थमन्त्री रहिरहने खबरले के असर गर्ला सेयरबजारमा , नयाँ लगानीकर्ताले के गर्ने ?

Feb 27th, 2020

आधारभूमी संवाददाता

काठमाडौं, फागुन १५

केहि दिन यतादेखि नियमित बढ्दै गएको सेयर बजारले बुधबार नयाँ रेकर्ड हासिल गरेको छ। बुधबार दिउसोसम्म अर्थमन्त्री युवराज खतिवडा बाहिरगमन हुने हल्लाकै कारण बजारमा उछाल आएको थियो । तर बुधबार बेलुकी पख फेरी प्रधानमन्त्री ओलीले खतिवडालाई नै निरन्तरता दिन खोजेको सन्देश आएको छ ।

हुनत बजारमा अब पं्राविधिक रुपमा पनि उछाल आउनु पर्ने हो । साथै बजारमा तरलता सहजको स्थितीले पनि सेयर बजार बढ्न मद्दत गरेको छ । तर, सेयरबजार मनोबिज्ञानका आधारमा पनि घटबढ हुनेहुँदा अब फेरी बजार के हुने हो भन्ने स्थिती देखिएको छ ।

बुधबारसेयर बजारमा ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ कारोबार भएको छ । जुन अहिलेसम्मकै उच्च हो । त्यसैगरि नेप्से परिसूचक ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ अंक पुग्यो। सेन्सेटिभ परिसूचक ९ दशमलव ४९ अंकले बढेर ३ सय ३६ दशमलव शून्य ५ मा पुगेको थियो ।

उतसाहजनक कारोबारका कारण पनि लगानीकर्ता सेयरबजारमा आएको प्रष्ट हुन्छ । तर अब फेरी उनिहरु भाग्ने पो हुन कि भन्ने डर छ । प्राविधिक रुपमा राम्रो भएका कम्पनीमा लगानी गर्नेहरुले डराउनु पर्ने स्थिती छैन ।

बुधबारको बजारमा सबै समूहका सूचकहरु बढेका देखिन्छन् । सबैभन्दा बढी जीवन बिमा समूहको सूचक ६ दशमलव १२ प्रतिशतले बढेको छ। बैंकिङ समूह ३ दशमलव ८६, उत्पादन तथा प्रशोधन समूह ४ दशमलव ६३ प्रतिशत, होटल समूह ३ दशमलव ७७, निर्जीवन बीमा समूह ४ दशमलव १८ प्रतिशतले बढेका छन्।

नेपाल लाइफ इन्स्योरेन्सको कारोबार सबैभन्दा धेरै २१ करोड ९९ लाख ४७ हजार २ सय ५७ रुपैयाँको भयो।

तर अब बजार के हुन्छ भनेर हेर्नका लागि नयाँ लगानीकर्ताहरु भने पर्ख र हेरको अवस्थार्म बस्नुपर्ने देखिन्छ । आधारभुत रुपमा मजबुत भएर बढेको बजार फर्कनेछैन, तर के अर्थमन्त्री खतिवडाकै कारणले बजार फेरी खस्कीएला त ? यसका लागि आजको कारोबार हेर्न जरुरी छ ।