neapl investment mega bank
  • गृहपृष्ठ
  • १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Feb 26th, 2020

गुल्मी, १४ फागुन

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका-३ घर भई गुल्मी रुरु गाउँपालिका-४ चौतारामा बस्ने २३ वर्षीय तिल बहादुर बुढालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

बुढाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।