neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३४ औं बार्षिकउत्सव

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३४ औं बार्षिकउत्सव

Feb 26th, 2020

काठमाडौ, फागुुन १४

नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ३४ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले संस्थाको मूल्य मान्यतालाई सम्झनायोग्य बनाउँदै नेपाल रेडक्रस सोसाइटिसगँको सहकार्यमा जीवन उपहार प्रदान गर्ने रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले यस शुभ अवसरमा ग्राहकहरू सँगै मनाउन तथा अत्याधिक सेवा प्रदान गर्ने उद्देश्यसहित आफ्ना अमूल्य ग्राहकहरूको सम्मानमा दुई योजनाहरू पनि शुरू ग¥यो, जुन यसका संस्थागत मूल्य मान्यताको एक हिस्सा हो ।

पहिलो योजना अन्तर्गत वार्षिकोत्सवका दिन (२०७६ फागुन १४ गते), भिसा डोमेस्टिक क्रेडिट/डेबिट कार्ड तथा मास्टर कार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यास ब्याक पाइनेछ, जुन अधिकतम तीन हजार चार सय रुपैयाँसम्मको हुुने छ । दोस्रो योजना आन्तरिक पर्यटनलाई प्रोत्साहनगर्नका साथै देशकै प्रमुखतीर्थस्थल गोसाइकुन्ड हेलिकप्टरमार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीहरूको पहुँच अभिवृद्धिका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत् मासिक तीन हजार चार सयको किस्ताबन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुनेछ । मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवदेखि मार्च २०२० सम्म उपलब्ध हुनेछ ।

साथै बैंकले बालबालिकाहरूका लागि चित्रकथा (कमिक) किताब, ‘चिडिया खाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ, जसमार्फत बैंकले बाल्यावस्था बाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको छ । बैंकले यस किसिमको पहलबाट सानै उमेरमा बालबालिकाहरूमा वित्तीय, प्राविधिक ज्ञानका साथै सुसंस्कृति नैतिकताको विकास भएको जनसंख्याबाट अन्ततः देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिएको छ । यसबाहेक बैंकले गतवर्ष वार्षिकोत्सवकै दिन “बैंक सँगको नाता मेरो आफ्नै बचत खाता” अभियान सहितको कमिक बुक पनि ल्याएको थियो । कला, संस्कृति र सम्पदाको संरक्षण यस संस्थाको मुख्यमूल्य–मान्यता हो जुन एनआईबीएलले वर्षौंदेखि दृढतापूर्वक अनुसरण गरिरहेको छ र आउँदा वर्षहरूमा पनि यसलाई कायमै राख्नेछ ।