neapl investment mega bank

नियन्त्रित लागूऔषध सहित पक्राउ

Feb 26th, 2020

काठमाडौं, १४ फागुन

धनुषा, विदेह नगरपालिका-१ मैनाथपुरबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ सय एम्पुल सहित शहिदनगर नगरपालिका-४ बस्ने सुजितकुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका यादवलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, पर्सा गाउँपालिका-६ बाट नियन्त्रित लागूऔषध स्पासमो १ सय ४० एम्पुल, नाईट्राभेट ३ सय एम्पुल र कफ सिरफ २० बोतल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा मिथिला नगरपालिका-९ बस्ने २८ वर्षीय सरोज लामा र सोही ठाउँ बस्ने २४ वर्षीय बिमल लामा रहेका छन् । प्रहरी चौकी पर्सा सर्लाहीबाट खटिएको प्रहरीले भरतबाट नेपालतर्फ आउँदै गरेको ज.१३ प २१०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक सरोज र मोटरसाइकलमा सवार बिमललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।