neapl investment mega bank
  • गृहपृष्ठ
  • संरक्षित वन्यजन्तु चितुवाको छाला सहित पक्राउ

संरक्षित वन्यजन्तु चितुवाको छाला सहित पक्राउ

Feb 26th, 2020

ललितपुर, १४ फागुन

ललितपुर महानगरपालिका-५ लगनखेल बसपार्कबाट संरक्षित वन्यजन्तु चितुवाको छाला ३ थान सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ओखलढुङ्गा खिचिदेम्बा गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ आरुबारी डेरा गरी बस्ने २६ वर्षीय बिपेन्द्र तामाङ र झापा बारदेश गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ महांकाल डेरा गरी बस्ने २२ वर्षीय रोशन कार्की रहेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।