neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्री ओलीद्वारा केशर महलको अवलोकन (फोटोफिचर)

प्रधानमन्त्री ओलीद्वारा केशर महलको अवलोकन (फोटोफिचर)

Feb 25th, 2020

काठमाडौं, फागुन १३

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको अवलोकन गर्नु भएको छ ।

सो अवसरमा उहाँले केशर महलको ऐतिहासिक र साँस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गर्नुभयो । पुस्तकालयको अवलोकनपछि उहाँले आगन्तुक पुस्तिकामा ुकेशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौुं भन्ने लेख्नु भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रिय स्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।

५९ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मंसीरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।