neapl investment mega bank
  • गृहपृष्ठ
  • ओपोको शक्तिशाली फाइभजी फ्ल्यागशिप अनलाईन कन्फरेन्स मार्फत सार्वजनिक

ओपोको शक्तिशाली फाइभजी फ्ल्यागशिप अनलाईन कन्फरेन्स मार्फत सार्वजनिक

Feb 25th, 2020

काठमाडौं, फागुुन १३

विश्वकै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आज आफ्नो नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । निकै प्रतिक्षारत ग्लोबल लञ्च ओपोको यूट्यूब च्यानल मार्फत मार्चको ६ तारिक १०ः३० सीईटीमा आयोजना गरिने छ ।

अन्वेषण ओपोको डीएनएको एक अभिन्न अंश हो, जसले गर्दा कम्पनी निरन्तर नवप्रबर्तन, नयाँ सम्भावनाको खोजी तथा आफ्ना उपभोक्तालाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्न हर सिमाना नाध्न सदैव तत्पर रहन्छ । यही तत्परताको निरन्तर्ताका रुपमा ग्राउण्डब्रेकिङ स्मार्टफोन अनुभव प्रदान गर्ने, ओपो फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने तयारीलाई लिन सकिन्छ ।

आफ्ना हरेक उत्पादनका लागि उपभोक्ताका प्रतिक्रियालाई विशेष प्राथमिकतामा राख्दै ब्राण्डले रिचर्स एण्ड डेभलपमेन्टमा भारी लगानी गर्दै नयाँ ओपो फाइन्ड एक्सटू उत्पादन गरेको हो । विशेषगरी फाइभजी यूगमा स्मार्टफोनलाई अझ परिस्कृत बनाउँदै लैजाने ओपोको अथक र निरन्तर प्रयासको यसले प्रतिबिम्बित गरेको छ ।

फाइन्ड एक्सटू सिरिजमा ओपोले अहिले सम्म विकसित गरेकै मध्य सर्वाधिक अत्याधुनिक स्क्रिनको प्रयोग गरिएको जानकारी दिएको छ । यो स्क्रिनमा रिजोल्यूशन, स्क्रिन रिफ्रेश रेट, रंग र हाई डायनामिक रेञ्जमा विशेष प्राथमिकता दिँदै प्रयोगकर्तालाई स्पष्ट, सटिक, स्मूथ र आरामदायी स्क्रिन अनुभव प्राप्त हुने कम्पनीको दावी छ ।

फाइन्ड एक्सटू प्रोमा अनुकूलित फ्ल्यागशिप ईमेज सेन्सर जडान गरिनुका साथै अहिले सम्मकै अत्याधुनिक फोटोग्राफी प्रविधिहरुको प्रयोग गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई प्रिमियम फोटो गुणस्तर र फोकसिङ पफमेन्स प्राप्त हुने कम्पनीको दावी छ । साथै, फाइन्ड एक्सटू सिरिजले एसए÷एनएसए डुअल-मोड्यूल नेटवर्क सपोर्ट गर्ने, क्वालकमको फाइभजी फ्ल्यागशिप चिप स्न्यापड्रायगन ८६५को प्रयोग गरिएको छ । यसले गर्दा अदृतिय फाइभजी अनुभवलाई वास्तविकतामा परिणत गर्न सफल भएको छ ।