neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Feb 25th, 2020

बाँके, फागुन १३

नेपालगंज उपमहानगरपालिका १५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम र नियन्त्रित लागूऔषध नाईट्रोभेट १५ ट्याब्लेट सहित दाङ तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने २५ वर्षीय किरण सिंह ठकुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रुपैडिहाबाट नेपालतर्फ आउँदै गरेका ठकुरीलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो । यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।