डोटी, २८ भदौ
दुई दिनदेखि परेको लगातारको वर्षात्का कारण सहरी बिकास तथा भवन निमार्ण कार्यालयले डोटीको सिलगढीस्थित टुडीखेल छेउमा रु एक करोडको लगानीमा निमार्ण गरेको पर्खाल भत्किएको छ । उक्त पर्खाल भत्किदा पर्खालसँगै रहेको एक घरको शौचालयमा पूर्ण रुपमा क्षति पुगेको छ । तस्वीर : विमलबहादुर विष्ट,रासस