neapl investment mega bank
  • गृहपृष्ठ
  • टर्कीमा आएको भूकम्पमा परी सातको मृत्यु

टर्कीमा आएको भूकम्पमा परी सातको मृत्यु

Feb 23rd, 2020

स्तानबुल, ११ फागुन (रासस/एएफपी)

टर्कीमा आएको भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ ।

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएका मध्ये तीन जना बालबालिका रहेका छन् ।

भूकम्पका कारण अरु पाँच जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भूकम्पपछि भत्किएका भौतीक संरचनामा अरु केही व्यक्ति पुरिएको हुनसक्ने आशंका गरिएको पनि जानकारी दिनुभयो । पुरिएकाको खोजीकार्य भइरहेको पनि उहाँले बताउनुभयो ।

छिमेकी मुलुक इरानसँग सिमाना जोडिएको टर्कीको पूर्वीक्षेत्रमा पर्ने सराएलाई केन्द्रविन्दु बनाएर ५।७ म्याग्नीच्युडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भेले आइतबार बिहान भूकम्प गएको जनाएको छ ।

उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो ।