धादिङ, ११ फागुन (रासस)
धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाटस्थित सडकमा ना.५ ख ३७७७ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशुली नदी किनारमा खस्दा ट्रक चालक मकवानपुर भैसे बस्ने ४५ वर्षीय बिखे थोकरको मृत्यु भएको भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थोकरको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।