काठमाडौं, २६ भदौ
कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत वर्षझँै “साथ” नामक एक सामाजिक कल्याण–उन्मुख गैरसरकारी संस्थालाई नगद एक लाख रुपैयाँ सहयोग गरेको छ । साथले आफ्नो “हकुना मटाटा” परियोजना अन्तर्गत विगत सात वर्षदेखि सीमान्तकृत परिवारका बालबालिकाको आधारभूत शिक्षा र क्षमता निर्माणमा सहयोग पु¥याईरहेको तथा बहिस्कृत वर्गका महिलालाई जीविको पार्जनका निमित्त सिपमुलक तालिम दिदैँ आईरहेको छ । उक्त संस्थाका प्रशंसनीय कार्यहरुलाई प्रोत्साहन दिएर, समाजलाई समावेशी विकासतर्फ धकेल्ने उद्देश्यका साथ बैंकले यस कार्यक्रमको आयोजना गरेको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले बैंकको प्रमुख कार्यालय परिसरमा एक समारोहबीच साथका परियोजना संयोजकलाई चेक हस्तान्तरण गरेर उक्त कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ । आफ्ना देशव्यापी एक सय सात वटा शाखा संजाल, ९३ एटिएम्, तीन वटा एक्सटेन्सन काउन्टर तथा तीन वटा शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदैँ आएको र आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पु¥याउँदै जाने प्रतिबद्धता गरेको बैंकले जनाएको छ ।