neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबी बैंकद्धारा तलव खाता र सुपर तलब खाता परिष्कृत

एनएमबी बैंकद्धारा तलव खाता र सुपर तलब खाता परिष्कृत

Feb 22nd, 2020

काठमाडौ, फागुुन १०

एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खातावालहरुलाई १८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिन्छ । दुई नयाँ योजनाहरु मध्ये एनएमबि प्रिमियम तलब खातामा ग्राहकहरुलाई रु १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी रु ५ लाखसम्मको वीमा सुविधा प्रदान गरिएकोछ भने एनएमबि प्रिमियम सुपर तलब खातामा ग्राहकहरुले रु. १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी रु ७ लाखसम्म वीमा र रु १ लाख सम्मको स्वास्थ्य उपचार वीमाबाट लाभान्वित हुन सक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने छ ।

रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबि प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’ को सुरुवात गरिएको हो । ग्राहकको अतिरिक्त आवश्यकतालाई मध्यनजर गर्दैै यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको योजना ल्याएका छौं बंैकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।